Saturday, October 24

#

हलेसी तुवाचुङका १३ जना महिलाको पाठेघर खस्ने समस्याको सफल शल्यक्रिया

हलेसी तुवाचुङका १३ जना महिलाको पाठेघर खस्ने समस्याको सफल शल्यक्रिया

#, गृह पृष्ठ, ब्यानर, राजनीति, समाचार
खोटाङ, १२ माघ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ जना महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा पाठेघर खस्ने समस्या पहिचान भएका २२ जना महिलामध्ये पहिलो चरणमा १८ जनालाई गाडी रिजर्भ गरेर शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको सफल शल्यक्रिया भएको हो । अस्पताल जाने÷आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी पाठेघर खसेका महिलालाई निःशुल्क उपचार गराउन सुविधायुक्त अस्पताल लगिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ । “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ जना महिलाको सफल शल्यक्रिया भएको छ” उहाँले भन्नुभयो, “चार जनाले अस्पताल जान अस्वीकार गरेका छन् । अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर...
रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको अध्यक्षमा पुनः ललितकुमार राई चयन

रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको अध्यक्षमा पुनः ललितकुमार राई चयन

#, गृह पृष्ठ, राजनीति, समाचार
खोटाङ, २३ पुस । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई चयन हुनुभएको छ । राप्रपाको तेस्रो जिल्ला अधिवेशनबाट ललितकुमार दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो । जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, उपाध्यक्षहरुमा इन्द्रबहादुर राई र चन्द्र बुढाथोकी, सचिवमा मिनुहाङ राई र गङ्गा श्रेष्ठ, सहसचिवमा बाबुराम कार्की र कोषाध्यक्षमा टीका खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आयोजित राप्रपा खोटाङको तेस्रो जिल्ला अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । जिल्ला कार्यसमितिको पुस–२२ र २३ गते भएको जिल्ला अधिवेशनले दुईवटै क्षेत्रको क्षेत्रीय समितिसमेत चयन गरिएको राप्रपा खोटाङले जनाएको छ । क्षेत्र नं. १ (क)मा शिवकुमार भट्टराईको अध्यक्षतामा १३ सदस्यीय तथा क्षे...
जीर्ण भवनमा सञ्चालित स्वास्थ्यचौकी धितुङ बल्ल स¥यो आफ्नै सुविधायुक्त भवनमा

जीर्ण भवनमा सञ्चालित स्वास्थ्यचौकी धितुङ बल्ल स¥यो आफ्नै सुविधायुक्त भवनमा

#, गृह पृष्ठ, ब्यानर, राजनीति, समाचार
खोटाङ, १५ पुस । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा सञ्चालित स्वास्थ्यचौकीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तत्कालीन गाउँ विकास समिति (गाविस)को पूरानो कार्यालय भवनमा सञ्चालित स्वास्थ्यचौकीले सोमबारबाट औपचारिक रुपमा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको हो । उपभोक्ता समितिमार्फत निर्माण गरिएको स्वास्थ्यचौकीको दुईतले पक्की भवनको भूइँतलामा पाँच तथा माथिल्ला तलामा चार कोठा रहेको जनाइएको छ । आर्थिक वर्ष २०८१ मा रु ७२ लाख बजेटमा ठेक्कामार्फत निर्माण सुरु गरिएको स्वास्थ्यचौकी भवनको काम सम्पन्न नभएपछि आर्थिक वर्ष २०८२ मा नगरपालिकाले रु ३५ लाख ३४३ बजेट विनियोजन गरेर उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएको थियो । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा रु एक करोड सात लाख ३४३ लागतमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन सोमबार नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार रा...
हलेसी तुवाचुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देशसभा

हलेसी तुवाचुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देशसभा

#, गृह पृष्ठ, ब्यानर, राजनीति, समाचार
खोटाङ, १२ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले आज (शनिबार) एकता सन्देशसभा गरेको छ । केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित १६ वटा राजनीतिक दलबीच एकता भएपछि नगरपालिका कार्यसमितिले पनि एकता सन्देशसभा गरेको हो । त्रिधार्मिकस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्यहरु समिता कार्की ‘अस्मिता’, राजन राई, कुलप्रसाद फुयाँल, अमेम्बर राई र तेजमाया राई, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’ लगायतले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा नेताहरुले देशको आवश्यकता र जनभावनाअनुसार विभिन्न १६ वटा कम्युनिष्ट विचारधारा पार्टीहरुबीच एकता गरिएको बताएका छन् । एकता सन्देशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेर ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेको जिल्ल...

शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउन शिक्षक महासङ्घको माग

#, गृह पृष्ठ, ब्यानर, राजनीति, समाचार
खोटाङ, २४ कातिक । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति खोटाङले जिल्लाभरका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराइदिन दशवटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नेपाल सरकारको कार्यविधि आथिर्क वर्ष २०८०÷८१ को शीर्षक २.२ अनुसार शिक्षकको तलब–भत्ता तथा सेवा सुविधामा स्थानीय भत्ता स्पष्ट उल्लेख भए पनि खोटाङका शिक्षक अझै पनि सो सुविधा पाउनबाट वञ्चित रहेको भन्दै ध्यानाकार्षण गराएको हो । आर्थिक वर्ष २०८२÷८३ को कार्यक्रम कार्यान्वयन पुस्तिकाले पनि स्थायी, करार तथा प्राविधिक धारमा कक्षा ९–१२ मा कार्यरत प्रशिक्षकहरूलाई वार्षिक १०.५ महिनाको स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको शिक्षक महासङ्घले जनाएको छ । पहिलो त्रैमासिकका लागि स्थानीय तहमा निकासा भइसकेको भए पनि स्थानीय तहले वितरण नगरेको महासङ्घको आरोप छ । शिक्षकहरू विद्यालय सुधारमा समर्पित रहँदा पन...
अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

#, अर्थतन्त्र, समाचार
खोटाङ, २२ कातिक । यही कातिक–१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौँ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ । केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका कृषकहरु यसअघि वर्षाले क्षति पु¥याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पु¥याएको धान थन्क्याउन यतिखेर किसानहरु खेत–खेतमा जुट...

१२ वर्षीया बालिका मृत फेला प्रकरण : सत्यतथ्य छानबिन गर्न १२ सङ्घ÷सङ्गठनको माग

#, गृह पृष्ठ, ब्यानर, समाचार
खोटाङ, ५ भदौ । झुन्डिएको अवस्थामा मृत फेला परेकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकासहित निष्पक्ष छानबिन र अनुसन्धानको कामलाई तीव्रताका साथ अगाडि बढाउन माग गर्दै जिल्लास्थित विभिन्न १२ सङ्घ÷सङ्गठनले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु खोटाङ, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल खोटाङ, महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङ, महिला एकता अध्ययन केन्द्र खोटाङ, बालसेवा समाज नेपाल नेर्पा खोटाङ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटाङ, अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङ, महिला उद्यमी सङ्घ खोटाङ, खोटाङ दलित उद्यमी सहकारी संस्था, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), गैरसरकारी संस्था महासङ्घ र नेपाल महिला सङ्घ खोटाङले आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ...

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

#, गृह पृष्ठ, ब्यानर, समाचार
खोटाङ, १९ असार । सामाजिक तथा राजनीतिक विमर्शका रुपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार–२१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहनुभएका खोटाङ्गे कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन–४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीको रुपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्यान्ह १२ बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जनकारी दिनुभएको छ । नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिनुभएको छ । “नाटकले राज...

शहीद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसमा अन्तरसम्वाद कार्यक्रम

#, गृह पृष्ठ, ब्यानर, समाचार
खोटाङ, १३ जेठ । शहीद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा खोटाङमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ । प्रेस सेण्टर नेपाल खोटाङले आयोजना गरेको स्मृति दिवसमा इच्छुकको विचार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीसहितको राजनीतिक परिवर्तन तथा जनपक्षीय पत्रकारितामा केन्द्रित रहेर अन्तरसम्वाद गरिएको हो । प्रेस सेन्टर नेपालका आदर्श व्यक्तिका रुपमा सम्मान गर्दै आइएको पत्रकार इच्छुक जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा वि.सं. २०५९ जेठ–१३ गते राज्यतर्फबाट मारिनुभएको थियो । शहीद इच्छुकको स्मृतिमा प्रेस सेण्टर नेपालले हरेक वर्षको जेठ–१३ गतेलाई दिवसको रुपमा मनाउँदै आएको छ । दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा इच्छुको तस्वीरमा माल्र्याण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । प्रेस सेण्टर नेपालका के...

राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा एभिएम क्लब ललितपुरको बर्चस्व

#, खेलकुद, गृह पृष्ठ, समाचार
खोटाङ, १ जेठ । दिक्तेलमा सम्पन्न खुला राष्ट्रिय टेवलटेनिस प्रतियोगितामा एभिएम टेबलटेनिस क्लब ललितपुरले बर्चस्व जमाएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सिनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदाल च्याम्पियन बन्नुभएको छ । गदालले २५ हजार रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गर्नुभयो। बुधबार सम्पन्न प्रतियोगितामा रुपन्देहीका बुद्धिमान गुरुङले दोश्रो स्थान ओगट्दै १२ हजार पाँच सय र तृतीय हुने सुनसरीका सिदार्थ तामाङ र एभिएम टेवलटेनिस क्लब ललितपुरका प्रजिल भट्टराईले जनही छ हजार दुई सय पचाससहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नुभएको छ । यस्तै, जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकै साइरा शाक्य प्रथम बन्नुभयो। शाक्यले दश हजार रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।प्रतियोगितामा सोही क्लबकी अर्सना महर्जन दोश्रो ब...