Saturday, October 24

विचार

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

अन्तरवार्ता, अर्थतन्त्र, पोडकास्ट, राजनीति, रोचक, वातावरण, विचार, समाचार, सूचना प्रविधि
२० असोज,काठमाडौं ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक तथा आर्थिक सहयोगमा पूर्वाधार विकास मन्त्रालयले करिब ३ वर्ष लगाएर तयार पारेको यस गुरुयोजनाको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण परियोजना ‘रत्नपार्क–भक्तपुर मास ट्रान्जिट (मेट्रो रेल)’ अघि सारेको छ। सो गुरुयोजना र यसको ‘रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए)’ को मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवाला र आम नागरिकबाट ३० दिने राय–सुझाव माग गरेको छ । प्रतिवेदनले उपत्यकाको पूर्व–पश्चिम करिडोरलाई लक्षित गरी करिब १६.५ किलोमिटर लामो ‘लिनियर मेट्रो’ वा ‘लाइट रेल ट्रान्जिट (एलआरटी)’ निर्माण गर्ने स्पष्ट प्राविधिक खाका र समयसीमा सन् २०४० तोकेको छ । काठमाडौँमा मेट्रो रेलको बहस चलेको एक दशकभन्दा बढी भइसकेको छ । यसअघि लगानी बोर्ड र रेल विभागले गरेका केही प्रारम्भिक अध्ययन कागजमै सीमित छन् । यो गुरुयोजना सफल हुनका लागि बलियो राजन...
सुरेन्द्र पाण्डे,हृदयेश त्रिपाठी र दीपकुमार उपाध्याय मिलेर नयाँ नागरिक अभियान घोषणा गर्दै

सुरेन्द्र पाण्डे,हृदयेश त्रिपाठी र दीपकुमार उपाध्याय मिलेर नयाँ नागरिक अभियान घोषणा गर्दै

अन्तरवार्ता, अर्थतन्त्र, पोडकास्ट, राजनीति, रोचक, विचार, समाचार, सूचना प्रविधि
१९ असोज,काठमाडौं ।पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी,दीपकुमार उपाध्यायलगायतले नयाँ नागरिक अभियान घोषणा गर्ने भएका छन् । आज सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकमा एक भेला आयोजना गरेका उनिहरुले उक्त अभियान गैरराजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइने बताएका छन्। अभियानमा अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्लसमेत सहभागि रहेका छन् । समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने हुने भनिएको सो अभियानमा चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्वसचिव, पूर्वराजदूत तथा पत्रकारलगायतलाई समेट्ने तयारी उनीहरुको छ। तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा राख्ने स्वतन्त्र नागरिक संस्थाको आवश्यकता औंल्याइएको छ र  राजनीतिक क्षेत्रका केही व्यक्तिले सुरु गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु  रहेको बताइएको छ । करिब दुई महिनादेखि विभिन्न क...
कांग्रेसको केन्द्रीय सदस्यमा डीपी कंडेलको उम्मेदवारी घोषणा

कांग्रेसको केन्द्रीय सदस्यमा डीपी कंडेलको उम्मेदवारी घोषणा

अन्तरवार्ता, अर्थतन्त्र, पोडकास्ट, राजनीति, रोचक, विचार, समाचार, सूचना प्रविधि
१९ असोज,काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी (डीपी) कंडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। कंडेलले प्रवासमा सिकेको ज्ञान, सीप र लगानीलाई नेपालसँग जोड्ने मुद्दालाई प्राथमिकतामा राखेका छन्। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान १० बजे केन्द्रीय समितिको बैठक बस्दैछ।केन्द्रीय समितिको बैठक सकिएलगत्तै बन्दसत्र सुरु हुनेछ।बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रियाले गति लिनेछ। निर्वाचन समितिका अनुसार आजै साँझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। नामावली प्रकाशनसँगै दाबी विरोध र छानबिनको प्रक्रिया सुरु हुने बताइएको छ। काठमाडौंको खुलामञ्चमा आइतबार उद्घाटन भएको १५औं महाधिवेशन विगतका महाधिवेशनभन्दा फरक देखिएको छ। विशेषतः युवा पुस्ताको उल्ल...
प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय,तीन जनालाई मन्त्री सरहको सुविधा (सूचीसहित)

प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय,तीन जनालाई मन्त्री सरहको सुविधा (सूचीसहित)

अन्तरवार्ता, अर्थतन्त्र, पोडकास्ट, राजनीति, रोचक, विचार, समाचार, सूचना प्रविधि
१६ असोज,काठमाडौं ।प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत व्यक्तिहरूको नाम आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ।जसनुसार उक्त टोलीमा २५ पदाधिकारी छन्। कार्यालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरू समेटिएका छन्। जसमा कुमार ब्यञ्जनकार अवैतानिक मुख्य राजनीतिक सल्लाहकारमा छन्।राजनीतिक सल्लाहकार असिम शाह छन्।मन्त्री सरह तलब सुविधा पाउने छन्। नीति,प्रशासन तथा सुशासन सल्लाहकार यसैगरी सुदिप ढकालले राज्यमन्त्री सरहको सेवा सुविधा पाइरहेका छन्। यस्तै सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा दिइएको छ।अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदिश प्रसाद अग्रवालको मन्त्री सरहको सेवा सुविधा  छ। सचिवालयको नेतृत्व मा प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट सरह)...
निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न र प्रदर्शन तथा हडताल गर्न नपाउने

निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न र प्रदर्शन तथा हडताल गर्न नपाउने

अन्तरवार्ता, अर्थतन्त्र, पोडकास्ट, राजनीति, रोचक, विचार, समाचार, सूचना प्रविधि
१५ असोज, काठमाडौं ।सरकारले सङ्घीय निजामती सेवाका कर्मचारीहरूलाई सामाजिक सञ्जाल र विद्युतीय माध्यमको प्रयोगमा थप मर्यादित र अनुशासित बनाउने उद्देश्यका साथ नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । विधेयकअनुसार कुनै पनि निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा दलका पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पाउने छैनन् । कर्मचारीको तटस्थता र व्यावसायिकता कायम राख्न यस्तो प्रावधान राखिएको विधेयकमा उल्लेख छ । यस्तै कर्मचारीहरूलाई सरकारी काममा बाधा पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन, प्रदर्शन वा हड्ताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। विधेयकको दफा ८३ ले निजामती कर्मचारीलाई प्रदर्शन गर्न, बन्द हड्तालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न र घेराउ गर्न स्पष्ट रूपमा रोक लगाएको छ। आफ्ना माग पूरा गराउन दबाब दिने, पेन डाउन गर्ने, तालाबन्दी गर्ने वा अन्य ...
राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

अन्तरवार्ता, अर्थतन्त्र, पोडकास्ट, राजनीति, रोचक, विचार, समाचार, सूचना प्रविधि
१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दशैंमा नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा सधैं उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले यसका लागि मिति निर्धारण नगर्ने जनाएको छ । ‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, माग अनुसार सटही सुविधा हामी दिन्छौं,’ बैंकले भनेको छ।,‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं,त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’ बैंक भन्छ। बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण गरिरहेको जनाइएको छ । अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन्।एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।...
खोटेहाङ साहित्य महोत्सव २०८२ : साहित्यिक मूर्धन्यहरुको सिर्जना गुञ्जियो

खोटेहाङ साहित्य महोत्सव २०८२ : साहित्यिक मूर्धन्यहरुको सिर्जना गुञ्जियो

गृह पृष्ठ, ब्यानर, मनाेरञ्जन, विचार, समाचार
खोटाङ, ४ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव–२०८२’ सुरु भएको छ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोटाङबजारमा दुई दिने साहित्यिक महोत्सव आयोजना गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले कविता वाचन गरेर गर्नुभएको छ । खोटेहाङ गाउँपालिकाको सभाहलमा आयोजित महोत्सवमा माध्यमिक तहका विद्यार्थीका लागि कविता प्रतियोगिता, बाल साहित्य तथा बाल मनोविज्ञानका बारेमा विचार विमर्श, ‘मुन्दुम र जोसमनी दर्शन, कति नजिक कति टाढा’ विषयक विचार गोष्ठी, ‘अर्थ राजनीतिक दृष्टिकोणबाट बसाइँसराइँको कारण न्यूनीकरणको उपाय’ विषयक विचार गोष्ठी तथा बृहत् कविता गोष्ठीको आयोजना गरिएको छ । महोत्सवमा नेपाल प्रज्ञा...

आफूले पढाउने विद्यालयमै पढाउँछन् कालिका माविका शिक्षकले आफ्ना छोराछोरी

गृह पृष्ठ, ब्यानर, विचार, समाचार
–रामधन राई खोटाङ, १ असार । रुकुम पश्चिम दाङका शिक्षक लालबहादुर ओलीले खोटाङमा सात वर्षअघिदेखि अध्यापन गर्दै आउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माध्यमिक विद्यालमा शिक्षण गरिरहनुभएको ओलीले आफ्नो १४ वर्षीय छोरा उज्वललाई पनि साथैमा ल्याएर पढाउँदै हुनुहुन्छ । अधिकांश शिक्षकहरु आफू सामुदायिक विद्यालयमा पढाएर आफ्ना नानीहरुलाई निजी अर्थात सुविधा सम्पन्न विद्यालयहरुमा अध्ययन गराइरहेको अवस्थामा ओलीले भने, आफ्नै विद्यालयमा छोरालाई पढाउन ल्याउनुभएको हो । आफैले प्रदान गर्ने शिक्षामा विश्वास नहुने शिक्षकहरुले प्रायः बच्चाको लागि अन्य विद्यालय रोज्ने गरेको विज्ञान विषय शिक्षक ओलीको ठहर छ । दाङस्थित विद्यालयमा अङ्ग्रेजी भाषाका माध्यमबाट गुणस्तरीय पठनपाठन भईरहे पनि आफैले शिक्षण गर्ने सामुदायिक विद्यालयमा छोरालाई ल्याएको ओलीको भनाइ छ । “सबै शिक्षकले आफ्ना बच्चाहरु आफ...

भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद नलाग्ने

विचार
काठमाडौँ- भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद नलाग्ने भएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो। सरकारका तर्फबाट गरिएको ५ बर्षे हदम्यादको प्रस्ताव हटाउने निर्णय गृहमन्त्री रमेश लेखकले समितिको बैठकमा जानकारी गराउनुभएको थियो ।  ...

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताउनुभएको छ । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।” नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्द...