Saturday, October 24

जीवनशैली

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

जीवनशैली, ब्यानर, मनाेरञ्जन, समाचार
खोटाङ, २९ माघ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ का उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा पुग्न सफल प्रतियोगी सागर संसार राईलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) खेम सेन्चुरीको समूह (टिम)बाट फाइनलमा पुग्नुभएका प्रतियोगी सागरलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा विभिन्न कार्यक्रमसहित स्वागत गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा बुवासुङ निवासी प्रतियोगी सागर दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल ईङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूल र माउन्ड एभरेस्ट बोर्डिङ स्कूल दिक्तेलले छुट्टाछुट्टै आयोजना गरेको ‘सागर संसार राई जिताउ अभियान’सहितको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गृहजिल्ला खोटाङ आउनुभएको अभियान्ता रविन खम्बूले जानकारी दिनुभएको छ । गायक रोशन राई, गायिका ईन्द्रकला राई र गायक हसन राईसहित आफ्नो गृहजिल्ला खोटाङमा भोट माग्न आउनु...
पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

खेलकुद, जीवनशैली, ब्यानर, राजनीति, समाचार
खोटाङ, २९ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा पृथ्वी मावि बाक्सिलाले ३८ स्वर्ण, ३१ रजत र २५ कास्य पदकसहित प्रथम उपाधि जितेको हो । बाक्सिला बजारस्थित पृथ्वी माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा चार स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित शुक्रजित मावि खार्ताम्छा दोस्रो तथा तीन स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित रेणुका मावि दिप्सुङ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले नगद रु ५० हजारको साथमा मेडल, प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोग...
टाउकोमा पानी जमेका बिरामीको उपचारमा आर्थिक सहयोग गर्न वडा कार्यालयको अपिल

टाउकोमा पानी जमेका बिरामीको उपचारमा आर्थिक सहयोग गर्न वडा कार्यालयको अपिल

अर्थतन्त्र, जीवनशैली, ब्यानर, राजनीति, समाचार
खोटाङ, २९ माघ । टाउकोमा पानी जम्ने समस्याले गम्भीर बिरामी पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३३ वर्षीय रामकुमार थापाको उपचारमा आर्थिक अभाव भएको छ । एकपटक शल्यक्रिया (अप्रेशन) गराइसक्नुभएका थापाको पुनः अप्रेशन गर्नुपर्ने भएपछि खर्च अभाव भएको हो । शिक्षण अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका थापाको टाउकोमा अप्रेशनपछि दुईवटा स्टिल प्लेट राखिएको छ । अप्रेशन गर्नेक्रममा राखिएका स्टिल प्लेट निकाल्न नमिल्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । पहिलो अप्रेशन गरेको १९ महिना भएको बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोग्दै आउनुभएका थापाका लागि यसअघि पनि चन्दा सङ्कलन गरेरै अप्रेशन गरिएको स्थानीयले बताएका छन् । अप्रेशनअघि थापाको आँखा राम्ररी नदेख्ने तथा कान नसुन्ने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । अप्रेशनपछि केही सुधार देखिए पनि करिब तीन मह...
सुवास चाम्लिङको कमाण्डमा ९९ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

सुवास चाम्लिङको कमाण्डमा ९९ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

जीवनशैली, ब्यानर, राजनीति, समाचार
खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आफ्नो नयाँ जनवर्गीय सङ्गठन नेशनल भोलेन्टियर फोर्स गठन गरेको छ । नेकपा एमाले खोटाङले हलेसी तुवाचुङ नगरपालिका निवासी सुवास चाम्लिङ राईको कमाण्डमा ९९ सदस्यीय नेशनल भोलेन्टियर फोर्सको जिल्ला समिति गठन गरेको हो । जिल्ला फोर्सको सहकमाण्डमा नयन राई, सुपेन राई, सुहाङ राई, राम तामाङ, पुष्कर राई र ज्ञानबहादुर तामाङ चयन हुनुभएको छ । एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा बुधबार दिक्तेलमा आयोजित भेलाले पालिकास्तरीय कमाण्डसमेत चयन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा जन्तेढुङ्गा गाउँपालिका बाहेक सबै स्थानीय तहमा पालिकास्तरीय कमाण्ड तोकिएको नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय हेडक्वाटर सचिवालय सदस्य दिलचक्रम राईले जानकारी दिनुभएको छ । सदस्य राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विजय लामा, हल...

रावाबेँसीका उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेविका तथा चार छात्रा पुरस्कृत

जीवनशैली, ब्यानर, राजनीति, समाचार
खोटाङ, २७ माघ । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठान खोटाङले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्व. आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा परिवारका सदस्यले स्थापना गरेको रु सात लाखको अक्षयकोषबाट उनीहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकातर्फ सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठ रहनुभएको छ । छात्रातर्फ शारदा उच्च माध्यमिक विद्यालय खार्पाको कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ का ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई छात्रवृत्ति अन्तरगत पुरस्कृत गरिएको जनाइएको छ । पुरस्कृत हुने उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेव...

भारतको कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाउने खोटाङ्गेको भारतमै अन्त्येष्टि गरियो

जीवनशैली, ब्यानर, समाचार
खोटाङ, २७ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाउने खोटाङका तीन युवाको शव भारतमै अन्त्येष्टि गरिएको छ । मेघालयस्थित अवैध कोइलाखानीमा यही माघ–२२ गते भएको विष्फोटमा ज्यान गुमाउनुभएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङ निवासी ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको अन्त्येष्टि गरिएको हो । विष्फोटमा ज्यान गुमाउनुभएका तीनै जनाको शव नेपाल निकाल्न नसकिने अवस्था भएपछि सिलोङको भालुपारा भन्ने ठाउँमा सोमबार अन्त्येष्टि गरिएको घटनास्थल पुग्नुभएका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । “विष्फोटका कारण ज्यान गुमाउनुभएका सबै जनाको शव गलेको अवस्थामा थियो । विष्फोटपछि कोइलाखानीभित्र लागेको आगोले डढेको शव नेपाल निकाल्न धेरै खर्च लाग्ने भएकाले भारतमै अन्त्येष्टि गरिय...