Saturday, October 24

मनाेरञ्जन

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

पोडकास्ट, मनाेरञ्जन, रोचक, वातावरण, समाचार, सूचना प्रविधि
२० असोज,काठमाडौं ।नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति,परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ राख्न लागेको हो । बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका,चाँगुनारायण नगरपालिका,भक्तपुर पर्यटन विकास समिति,ठमेल पर्यटन विकास समिति,हिमालयन उद्धार सङ्घ,टान,होटल सङ्घ नेपाल,होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको छ । विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्...
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाका १७ बुँदे आचारसंहिता

कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाका १७ बुँदे आचारसंहिता

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
२० असोज,काठमाडौं ।नेपाली कांग्रेसले अफूहरुले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको मापदण्ड सार्वजनिक गरेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा कंग्रेस सभापति गगनकुमार थापाले राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै पार्टीले अबदेखि  ‘ गर्ने र नगर्ने’  विषयको स्पष्ट सीमारेखा उल्लेख गरेका हुन् । दस्तावेजको खण्ड ९(७ ) मा उल्लेख भएको सो मापदण्ड अनुसार कांग्रेसले चुनावमा गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने र गुट वा पैसाका आधारमा टिकट नबाँड्ने प्रतिबद्धता जाहेर गरेको छ। संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफ लागू गर्ने र बिचौलियाको प्रभावलाई रोक्ने नीति पनि लिइएको छ। साथै कांग्रेसले मापदण्डलाई विधान,कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षाबाटै लागू गर्ने समेत जनाएको छ ।...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१९ असोज,काठमाडौं । सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । यसैगरी,बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृत गरेको छ।साथै, वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। यस्तै जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्...
उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो : कांग्रेस सभापति थापा

उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो : कांग्रेस सभापति थापा

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१९ असोज,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्लो दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट  धेरै  कमजोरी भएको स्वीकारेका छन्।   कांग्रेसले राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको,नीतिगत सहकार्यलाई लेनदेनमा सीमित गरेको,सार्वजनिक नियुक्तिमा भागबन्डा खोजेको र आफ्ना पक्षका व्यक्तिलाई जोगाउने प्रवृत्ति अपनाएको उनको स्पष्टोक्ति छ। यस्ता अभ्यासले कांग्रेसको  विश्वसनीयता मात्र गुमाएको नभएर सार्वजनिक संस्थाको स्वायत्तता र राजनीतिक दलप्रतिको नागरिक भरोसासमेत कमजोर बनाएको उनको भनाई छ। कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेका राजनीतिक परिवर्तनका उपलब्धिलाई अस्वीकार गर्न नहुने, तर ती उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा बदल्न नसक्नु नै पार्टीको प्रमुख कमजोरी भएको उनले औँल्याएका छन्।  देश...
दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार

दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१६ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । आज ०.४५ प्रतिशतले बजार घटेको हो । शुक्रबार कारोबार रकम भने ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ । यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र सेयर बजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।...
बहुविवाह गर्ने र विदेशको पीआर लिनेले निजामती सेवामा प्रवेश नपाउने

बहुविवाह गर्ने र विदेशको पीआर लिनेले निजामती सेवामा प्रवेश नपाउने

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१५ असोज,काठमाडौं । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको दफा १८ मा उम्मेदवार हुनका लागि आवश्यक योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ । विधेयकको दफा १८ (२) (क) र (ग) मा निजामती सेवामा प्रवेशका लागि अयोग्य मानिने व्यक्तिहरूको सूचीमा ‘बहुविवाह’ गर्ने व्यक्ति र ‘विदेशी मुलुकको पीआर वा ग्रीन कार्ड’ लिएका व्यक्तिहरूलाई समावेश गरिएको छ । यो प्रावधानसँगै अब निजामती सेवामा प्रवेश गर्न चाहने कुनै पनि नेपाली नागरिकले बहुविवाह गरेको वा विदेशी स्थायी आवासीय अनुमति पत्र लिएको अवस्थामा उम्मेदवार हुन पाउने छैनन् । विधेयकले बहुविवाह र पीआर र ग्रिन कार्ड लिने बाहेकका गम्भीर फौजदारी कसुरमा सं...
राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१५ असोज, काठमाडौं । आज दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको थियो । कर्मचारीहरुले ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका थिए । इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको उनिहरुको भनाई थियो।
विकास निर्माण सम्बन्धी कानुन संशोधन गर्दै सरकार

विकास निर्माण सम्बन्धी कानुन संशोधन गर्दै सरकार

पोडकास्ट, मनाेरञ्जन, रोचक, समाचार, सूचना प्रविधि
१५ असोज,काठमाडौं। सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग बुधबार यस विषयमा छलफल गरेका थिए। छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानुन संशोधनको काम भइरहेको जानकारी गराए । “प्रधानमन्त्रीज्यूको सोच नै निजी क्षेत्रमैत्री र व्यवसायमैत्री वातावरण निर्माण गर्ने हो”,मन्त्री लम्सालले भने,“हामीले हालै फोहोर व्यवस्थापनको क्षेत्रमा पनि यसको अभ्यास गरेका छौँ । फोहोर व्यवस्थापनलाई व्यवसायका रूपमा विकास गर्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाएका छौँ ।फोहोर व्यवस्थापन पनि एउटा उद्योगका रूपमा विकास हुन सक्छ।त्यसैले यसमा पनि पूर्ण रूपमा व्यवसायमुखी दृष्टिकोण आवश्यक छ ।” मन्त्री लम्सालले उद्योगले भोगेका समस्या समाधानका ला...
भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

जीवनशैली, ब्यानर, मनाेरञ्जन, समाचार
खोटाङ, २९ माघ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ का उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा पुग्न सफल प्रतियोगी सागर संसार राईलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) खेम सेन्चुरीको समूह (टिम)बाट फाइनलमा पुग्नुभएका प्रतियोगी सागरलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा विभिन्न कार्यक्रमसहित स्वागत गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा बुवासुङ निवासी प्रतियोगी सागर दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल ईङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूल र माउन्ड एभरेस्ट बोर्डिङ स्कूल दिक्तेलले छुट्टाछुट्टै आयोजना गरेको ‘सागर संसार राई जिताउ अभियान’सहितको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गृहजिल्ला खोटाङ आउनुभएको अभियान्ता रविन खम्बूले जानकारी दिनुभएको छ । गायक रोशन राई, गायिका ईन्द्रकला राई र गायक हसन राईसहित आफ्नो गृहजिल्ला खोटाङमा भोट माग्न आउनु...
गायक रेवत राईको ‘खरको छानो’ : सपनासँगै सर्वश्व बगेको कथा (भिडियोसहित)

गायक रेवत राईको ‘खरको छानो’ : सपनासँगै सर्वश्व बगेको कथा (भिडियोसहित)

गृह पृष्ठ, ब्यानर, मनाेरञ्जन, समाचार
–रामधन राई खोटाङ, १५ माघ । गायक रेवत राईले अर्को मर्मस्पर्शी गीति भिडियो ‘खरको छानो’ सार्वजानिक गर्नुभएको छ । ‘तिमी तारे भीर’ (मेल भर्सन) ‘कान्छीलाई सम्झी’, ‘चार धाम’, ‘तिमीलाई मायाँ गरेँ’ ‘आपाको छोरी’, ‘१६ वर्षे ठिटो’जस्ता चर्चित गीतहरुमार्फत नेपाली गीतसँगीतप्रेमीको मन समाइसक्नुभएका राईले ‘खरको छानो’ गीति भिडियो हालै सार्वजानिक गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका गायक राईले आफ्नै युट्युब च्यानल ‘रेवत राई’मार्फत उक्त गीति भिडयो सार्वजानिक गर्नुभएको छ । सँगीतकारको रुपमा समेत सक्रिय गायक राई पछिल्लो केही वर्षदेखि युके (बेलायत)मा बसोबास गर्दै आउनुभएको छ । वि.सं. २०५२÷५३ सालतिरको पृष्टभूमिमा बुनिएको गीति कथा हो ‘खरको छानो’ । नेपाली ग्रामीण जनजीवन तथा बाध्यतासहितको यथार्थमा गीत डोहोरिएको देखिएको छ । नवराज मगरको शब्द तथा हरि लम्सालको सँगीत रहेको गीतको लागि किरण रा...