Sunday, October 25

खेलकुद

निहारिकालाई भेटेर बालेनले भने : यो अत्याचार हो

निहारिकालाई भेटेर बालेनले भने : यो अत्याचार हो

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतसँग भेट गरेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् । भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । बालेनले निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका छन् । ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’ बालेनले लेखेका छन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।...
त्रिशूली नदीमा ट्रक खस्यो

त्रिशूली नदीमा ट्रक खस्यो

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
मुग्लिन छेउ त्रिशूली नदीमा ट्रक खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रकको केही भागमात्र बाहिर देखिएको बताइएको छ ।
झापामा डुबेर दुई बालबालिकाको मृत्यु

झापामा डुबेर दुई बालबालिकाको मृत्यु

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिए ।...
आज गाईजात्रा मनाइँदै

आज गाईजात्रा मनाइँदै

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो  । पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ । तर, यो वर्ष आज नै रक्षाबन्धन पनि रहेकाले देशभर सार्वजनिक बिदा छ ।...
आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवे...
बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन पम्पहरुलाई आग्रह

बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन पम्पहरुलाई आग्रह

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
शुक्रबार र शनिबार दुई दिनको सार्वजनिक बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन आयल निगमको थानकोट डिपोले पेट्रोल पम्पहरुलाई आग्रह गरेको छ । बिहीबार बागमती पेट्रोलियम डिलर्स एसोसिएसन र काभ्रे पेटोलियम डिलर्स एसोसिएसनलाई पत्राचार गर्दै डिपो प्रमुख सैलेन्द्र भुसालले आफ्नो पूर्ण क्षमताअनुसार तेल भर्न र बिक्री वितरण नियमित राख्न आग्रह गरेका हुन् । यो साता शुक्रबार जनैपूर्णिमाका कारण दुई दिन लगातर सार्वजनिक बिदा परेको छ । दुई दिन डिपोबाट इन्धन वितरण नहुँदा बजारमा अभाव सृजना नहोस भन्न पम्पहरुलाई सचेत गराइएको डिपोको भनाइ छ । बिहीबार पछि एकैचोटी आइतबार निगमको डिपो खुल्नेछ ।...
प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौं

प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौं

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ । नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन् । ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ ।’ भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।...

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, मनाेरञ्जन, राजनीति
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । संयुक्त र...

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

खेलकुद, मनाेरञ्जन, राजनीति
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल...
मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन

मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
जिल्लाको मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको छ । नेपाली काँग्रेस गठबन्धनलाई छाडेर एक्लै चुनामा गएपछि गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मनोनयन गर्ने अन्तिम सयमा आएर उम्मेदवार परिवर्तन गरेको हो । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट नगरपालिका माओवादीबाट प्रमुखमा दीपक प्रसाई र उप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मन्थली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र रामेछापका सचिव संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र मन्जु माझीलाई उम्मेदवार बनाउने निर्णय भएको थियो । मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालबाट लबकुमार श्रेष्ठ र ईश्वरी बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली काँग्रेसबाट यो नगरपालिका प्रमुख र उपप्रमु...