Monday, October 26

खेलकुद

गोकर्णेश्वर मन्दिर परिसरमा विशेष मेला

गोकर्णेश्वर मन्दिर परिसरमा विशेष मेला

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
आज काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।यस ठाउँलाई  उत्तरगया भनेर पनि  चिनिन्छ । पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुबै नरक जाने शास्त्रीय भनाइ छ । अरु दान दीन दुः खीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुप...
निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ । अध्यक्ष थापाले आज सामाजिक सञ्चाल ट्वीटरमार्फत यसबारे जानकारी गराएका हुन् । आयोगले राप्रपा नेपाललाई गाई चिन्ह नदिएपछि अदालत जान लागेको थापाले बताए । ‘कानुनअनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ थापाले ट्वीटरमा लेखेका छन् ।...

दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
दशैं भन्ने वित्तिकै धेरै मानिसहरुले चर्चा गर्ने पहिलो विषय हो, मासु । हुनत दशैंका धार्मिक, साँस्कृतिक महत्व बेग्लै छन् । तर, व्यवहारिकरुपमा भने टिका लगाउने र मासु खाने कुराले नै चर्चा पाउने गर्छ । त्यसैले दशैंको पूर्वसन्ध्यामा मासुको आपूर्तिबारेको चर्चा स्वभाविक हुन्छ । नेपालमा यस्ता चाडपर्व लक्षित खाद्य वस्तुहरुको आपूर्ति र व्यवस्था मिलाउने एउटा सरकारी निकाय पनि छ । त्यो हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी । यो कम्पनीले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरेर करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले हरेक वर्ष सर्वसुलभ रुपमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष पनि दशैंका लागि खसीबोका ल्याउने तयारी गरेको जानकारी दिईन् । उनले भनिन्, ‘यस वर्षको दशैंका लागि हामीले तीन हजार गोटा खस...
धरानमा विरुवा रोप्दै प्रचण्डले भने : माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो

धरानमा विरुवा रोप्दै प्रचण्डले भने : माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानरका मेयर हर्क नेम्वाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागिता जनाएका छन् । उनले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेको बताए । विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए। ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’  प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’ उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे। ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहारबाट, उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहान्छु,’ प्रचण्डले भने। विरुवारोपण कार्यक्रममा धरानका मेयर हर्क, उपमेयर अइन्द्र बिक्रम ...
झिनो अंकले बढेर बन्द भयो शेयर बजार

झिनो अंकले बढेर बन्द भयो शेयर बजार

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । कारोबारको सुरुवातदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्नतः झिनो अंकले बढेर बन्द भएको हो । आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्द...
तारकेस्वरमा एमालेलको तिज कार्यक्रम

तारकेस्वरमा एमालेलको तिज कार्यक्रम

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
हरितालिका तिजको अवसरमा तारकेश्वरको नेपालटार स्थीत कान्तिपुर एवी पार्टी प्यालेसमा अवस्थित तिज उत्सव कार्यक्रम २०७९ आज हुने भएको छ । नेकपा एमाले तारकेश्वर नगर कमिटि तथा अनेम संघको अनेम संघ तारकेश्वर नगरकमिटिद्धारा विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव आयोजना गर्न लागेको एमाले नेतृ साबित्रा शर्माले बताउनुभयो । हरेक वर्ष अनेमसंघले विविध साँस्कृतिक कार्यक्रम गर्दै आएकोमा यस वर्ष पनि तिज उत्सव गर्ने र समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला शसक्तिकरणमा सघाउ पुर्‍याउने लक्ष्य रहेको एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनु भयो । तिज उत्सवलाई सफल बनाउन तारकेश्वरको ११ वटै वडाहरुबाट महिलाहरुको बिषेस उपस्थीती रहने छ भने एमालेका बिभिन्न नेता तथा कार्यकर्ताको सहभागी हुनेछ ।...
पुनः चुनिए दिलबहादुर तामाङ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा

पुनः चुनिए दिलबहादुर तामाङ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
हालसालै  भएको अभिभावकहरुको भेलाबाट टोखा नगरपालिका वडा नम्बर १ मा रहेको झोर महाङ्काल विद्यालयमा  विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा  पुनः दिलबहादुर तामाङ  सर्वसम्मत चुनिएका छन् । अभिभावक तथा सरोकारवालाहरुको  भेलाले  तामाङलाई पुनः अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा दिपेन्द्र लामिछाने, सुनिता रानामगर, विश्वलाल विश्वकर्मा, रुपक तिवारी सदस्यको रुपमा चयन भएका छन् । साथै सो भेलाले  अभिभावक शिक्षक संघ(PTA) को अध्यक्ष पदमा रामेश्वर बिडारीलाई चुनेको छ । वि . व्य. स.का  अन्य पदाधिकरिमा विद्यालयका प्रधानाध्यापक सदस्य सचिवमा र PTA अध्यक्ष सदस्यमा  स्वत रहने प्रावधान नियमावलीमा रहेको  विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले  जानकारी दिनु भयो ।  ...
क्षतिपूर्ति माग्ने पसलेसँग बालेनले भने : घरधनी दोषी हुन्

क्षतिपूर्ति माग्ने पसलेसँग बालेनले भने : घरधनी दोषी हुन्

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने बताएका छन् । बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पिडित व्यापारीसँग यस्तो प्रतिक्रिया दिएका हुन् । घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।’ उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरे । उनले भने, ‘नक्सा पासविना बनेका सबै संरचना हट्छन् ।’...
नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा

नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा छाएको छ । सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरीले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाउनुभएको थियो । उहाँको निधनसँगै आश्रममा सन्नाटा छाएको छ । बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरी आउने बित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे । वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ । आश्रममा विसं २०५२ देखि काम गर्दै आउनुभएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामाको अनुहार मलिन छ । आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उहाँहरू शोकमा डुबेका छन् भने शुभेच्छुक तथा नेता कार्यकर्ता नेता गि...
एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव नेपाल सहमत

एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव नेपाल सहमत

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए । बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् । २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए । आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो । भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।...