Tuesday, October 27

खेलकुद

कुमार खड्काद्वारा उदयपुर क्षेत्र नम्बर १ क कालागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
चौदण्डीगढी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा टिकट बाड्फाँड्मा असन्तुष्ट रहेर तत्कालिन माओवादी केन्द्रबाट अलग भएको समुहमा अन्य दलबाट पनि केही स्थानीय नेता तथा कार्यकर्ताहरु थपिएपछि उत्साहित भएको स्वतन्त्र नागरिक समाज चौदण्डीगढीले आज एक कार्यक्रमको आयोजना गरी प्रदेश सभाका लागि उदयपुर क्षेत्र नम्बर १ क मा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेको छ । बेल्टार बजारस्थित पुष्पलाल चौकमा भएको कार्यक्रमबाट समाजले तत्कालिन माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य कुमार खड्कालाई उम्मेदवारको रुपमा अघि सारेको छ । स्वतन्त्र नागरिक समाजको नाममा चौदण्डीगढी नगरपालिकामा आफ्नो संगठनलाई मजबुत बनाईरहेको यो समुहले छिमेकी बेलका नगरपालिकामा पनि त्यहाँका बिभिन्न पार्टीमा असन्तुष्ट रहेका तथा स्वतन्त्र गतिबिधी गरिरहेकाहरुलाई आफ्नो संगठनमा जोडिरहेको र चौदण्डीगढी र बेलकाका कार्यकर्ताहरुको भावनालाई समेट्दै प्रदेश ...

आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हदको सुत्र अनुसार उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारले प्रत्यक्षतर्फ ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवारले प्रत्यक्षतर्फ २९ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् । त्यस्तै समानुपातिक तर्फ उम्मेदवार भएकाहरुले प्रत्येकले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछने भने समानुपातिकमा नाम भएमा उम्मेदवारले अधिक्तम १ लाख ५० हजा...

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी एभिनियर क्लब क्यामरुनलाई ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा सम्पन्न आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुनले जितेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको अत्यन्त रोमाञ्चक खेलमा एभिनियर क्लब क्यामरुनले चारतारे फुटवल क्लब मोरङ्गलाई ट्राईबेकरमा ४–३ ले पराजित गरेको छ । यसअघि भएको निर्धारित ८० मिनेटको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । खेलको पहिलो हाफको २ मिनेट मै एभिनियरका अब्दुल्लाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर मोरङका खेलाडी अभिषेक लिम्बुले पनि गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि खेलको दोश्रो हाफको सुरुवातमै मोरङ्गले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए तर खेलको अन्तिम समयमा एभिनियरले गोल फर्काउदै टिम...

नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्य समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्य समितिले २०७९ सालको दशै, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बेल्टार बजारस्थित क्षेत्रिय पार्टी कार्यलयमा आज भएको कार्यक्रममा नगर कार्य समितिको पदाधिकारी, वडा सभापति, नगर भित्र रहेका प्रदेस पदाधिकारी, क्षेत्रिय पदाधिकारी, जिल्ला पदाधिकारी, महादिवेशन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि लगायत भातृ संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नेताहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताउदै जीतको शुभकामना ब्यक्त गरेका थिए ।...

चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा आज सम्पन्न भएको खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमले जितेको छ । आज भएको फाईनल खेलमा श्रीपञ्चमी”A” टिमले आयोजक लाङ्गघाली लाफा चौकलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा श्रीपञ्चमी”A” टिमले आफ्नो दबाब कायम नै राखेको थियो । खेलको पहिलो हाफमा ३–२ ले अगाडी रहेको श्रीपञ्चमी”A” टिमले दोश्रो हाफमा थप २ गोल गर्दै बिजेता बनेको हो । श्रीपञ्चमीको तर्फबाट आसिस राईले २ तथा बिशाल राई, सागर राई र बिश्वास राईले १–१ गोल गरेका थिए । यस्तै लाङ्गघाली लाफा चौकको तर्फबाट पवन कार्कीले २ तथा नवल तामाङ्गले १ गोल गरेको आयोजकले जनाएको छ । बिजेता भएसंगै श्रीपञ्चमी”A” टिमले अन्दाजी ३० केजीको खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता लाङ्गघाली लाफा चौकले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमा...

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
उदयपुरमा चौदण्डीगढी नगरपालिकाको बसहामा जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुन फाइनल प्रबेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको दोश्रो सेमिफाईनल खेलमा एभिनियर क्लब क्यामरुनले जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिला हाफमा दुबै टिमबाट गोल हुन सकेको थिएन भने खेलको दोश्रो हाफको ४८ औं मिनेटमा एभिनियर क्लब क्यामरुनका जिकाले गोल गरेका थिए । त्यसपछि थप गोल हुनसकेन भने एभिनियर क्लब क्यामरुन जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएको थियो । अब फाईनल खेल असोज ...

चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
चौदण्डीगढी नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । नगरपालिकाको गत हप्ता बसेको वोर्ड बैठकबाट अहिलेलाई स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको नगरपालिकाका प्रवक्ता एवंम् वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् । आगामी मंसिरमा हुने प्रतिनीधि र प्रदेश सभाको निर्वाचन लागि आचारसंहिता लागू हुन केही दिनअघि मात्र नगरपालिकाले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो । नगर स्वास्थ्य शाखाका संयोजक श्रीकान्त चौधरीका अनुसार स्वास्थ्य शाखाका सह संयोजक तेज बहादुर पोखरेललाई नगर अस्पताल बेल्टारमा सरुवा गरिएकोे छ । त्यस्तै वडा नम्बर ४ स्थित बसहा स्वास्थ्य चौकीका लक्ष्मी चौधरीलाई स्वास्थ्य शाखाका सह संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै नगर अस्पताल बेल्टारका हेल्थ असिस्टेन्ट मदन कार्कीलाई बसहा स्वास्थ्य चौकीमा सरुवा गरिएको छ भने वडा नम्बर ८ बाट ...

नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा चारतारे क्लव मोरङ फाइनल प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी फुटबल प्रतियोगितामा बिहीवार भएको खेलमा चर्च ब्वाइज क्लव काठमाडौलाई पराजित गर्दै चारतारे क्लब फाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुबै पक्ष् ले एक एक गोलको बराबरी गरेका थिए जस्मा खेलको पहिलो हाल्फको १७औं मिनेटमा चारतारे क्लब मोरङका अभिषेक लिम्बुले गोल गर्दै आफ्नो टिमलाई सरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको पहिलो हाफकै ३४औं मिनेटमा चर्च ब्वाइज क्लव काठमाडौका आशिष चौधरीले गोल गर्दै खेल लाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुबै टोलिबाट एक एक गोलको बराबरी खेलेसंगै खेल ट्राइबेकरमा गएको हो । ट्राइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएर फाइनलमा प्रबेश गरेको छ । ...

नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले आगामी प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी जनाएको छ । नेपाल थारु संघले हिजो एक प्रेस बिज्ञप्ती जारी गर्दै उदयपुर क्षेत्र नम्बर एकमा थारुहरुको जनसंख्या करिव एक तिहाई रहेको भएता पनि नेपाली कांग्रेस केन्दीय समितिबाट प्रतिनीधि सभा र प्रदेश सभाको गत निर्वाचनबाटै थारु उम्म्ेदवारहरुको नाम समानुपातिक र प्रत्यक्षतर्फ नसमेटिएको देखिएकोले थारु मतदाताप्रति राजनीतिक बिभेद, सामाजिक बिभेद र अन्याय गरेको ठहर गर्दै संघ र प्रदेशको समानुपातिक तर्फको बन्दसुचीमा थारु उम्मेदवारहरुको नाम समाबेश गरेर सुची सच्याउन आग्रह गरेको छ । यस्तै संघले उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा डाक्टर भोगेन्द्र चौधरी र प्रदेश सभा १ ख मा प्रत्यक्षतर्फ देवीकुमारी चौधरीलाई टिकट दिन पनि माग गरेको छ ।...

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा / एभिनियर क्लव क्यामरुनसंग डियर क्लव तरहारा १–० ले पराजित ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
उदयपुरको चौदण्ढिगढि नगरपालिका वडा नम्बर ४ बर्खेडाडामा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता हिजो भएको खेलमा अफ्रिकन खेलाडी सम्मिलित एभिनियर क्लव क्यामरुन विजयी भएको छ । एभिनियर क्लव क्यामरुन विजयी भएसंगै प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ । यसअघि भएका खेलहरुबाट चारतारे क्लब मोरङ्ग, जिल्ला फुटवल संघ भोजपुर र चर्च ब्वाइज क्लब काठमाडौ सेमिफाईनलमा प्रबेश गरिसकेका छन् । आज भएको समुह चरणको अन्तिम खेलका डियर क्लव तरहारालाई पराजित गर्दै एभिनियर क्लव क्यामरुन सेमिफाइनलमा पुगेको छ । पहिलो हाफ अत्यन्त प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले गोल गर्न सकेन भने मध्यान्तर पछि खेलको ३३ औ. मिनेटमा एभिनियर क्लब क्यम्रुनका जर्सी नं ७ का खेलाडी अब्दुल्लाह ले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि थप कुनै गोल हुन सकेन भने निर्धारित ७० मिनेटको खेलमा अब्दुल्लाको गोलनै निर्णाय...