Wednesday, October 28

अर्थतन्त्र

चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
चौदण्डीगढी नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । नगरपालिकाको गत हप्ता बसेको वोर्ड बैठकबाट अहिलेलाई स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको नगरपालिकाका प्रवक्ता एवंम् वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् । आगामी मंसिरमा हुने प्रतिनीधि र प्रदेश सभाको निर्वाचन लागि आचारसंहिता लागू हुन केही दिनअघि मात्र नगरपालिकाले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो । नगर स्वास्थ्य शाखाका संयोजक श्रीकान्त चौधरीका अनुसार स्वास्थ्य शाखाका सह संयोजक तेज बहादुर पोखरेललाई नगर अस्पताल बेल्टारमा सरुवा गरिएकोे छ । त्यस्तै वडा नम्बर ४ स्थित बसहा स्वास्थ्य चौकीका लक्ष्मी चौधरीलाई स्वास्थ्य शाखाका सह संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै नगर अस्पताल बेल्टारका हेल्थ असिस्टेन्ट मदन कार्कीलाई बसहा स्वास्थ्य चौकीमा सरुवा गरिएको छ भने वडा नम्बर ८ बाट ...

नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा चारतारे क्लव मोरङ फाइनल प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी फुटबल प्रतियोगितामा बिहीवार भएको खेलमा चर्च ब्वाइज क्लव काठमाडौलाई पराजित गर्दै चारतारे क्लब फाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुबै पक्ष् ले एक एक गोलको बराबरी गरेका थिए जस्मा खेलको पहिलो हाल्फको १७औं मिनेटमा चारतारे क्लब मोरङका अभिषेक लिम्बुले गोल गर्दै आफ्नो टिमलाई सरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको पहिलो हाफकै ३४औं मिनेटमा चर्च ब्वाइज क्लव काठमाडौका आशिष चौधरीले गोल गर्दै खेल लाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुबै टोलिबाट एक एक गोलको बराबरी खेलेसंगै खेल ट्राइबेकरमा गएको हो । ट्राइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएर फाइनलमा प्रबेश गरेको छ । ...

नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले आगामी प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी जनाएको छ । नेपाल थारु संघले हिजो एक प्रेस बिज्ञप्ती जारी गर्दै उदयपुर क्षेत्र नम्बर एकमा थारुहरुको जनसंख्या करिव एक तिहाई रहेको भएता पनि नेपाली कांग्रेस केन्दीय समितिबाट प्रतिनीधि सभा र प्रदेश सभाको गत निर्वाचनबाटै थारु उम्म्ेदवारहरुको नाम समानुपातिक र प्रत्यक्षतर्फ नसमेटिएको देखिएकोले थारु मतदाताप्रति राजनीतिक बिभेद, सामाजिक बिभेद र अन्याय गरेको ठहर गर्दै संघ र प्रदेशको समानुपातिक तर्फको बन्दसुचीमा थारु उम्मेदवारहरुको नाम समाबेश गरेर सुची सच्याउन आग्रह गरेको छ । यस्तै संघले उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा डाक्टर भोगेन्द्र चौधरी र प्रदेश सभा १ ख मा प्रत्यक्षतर्फ देवीकुमारी चौधरीलाई टिकट दिन पनि माग गरेको छ ।...

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा / एभिनियर क्लव क्यामरुनसंग डियर क्लव तरहारा १–० ले पराजित ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
उदयपुरको चौदण्ढिगढि नगरपालिका वडा नम्बर ४ बर्खेडाडामा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता हिजो भएको खेलमा अफ्रिकन खेलाडी सम्मिलित एभिनियर क्लव क्यामरुन विजयी भएको छ । एभिनियर क्लव क्यामरुन विजयी भएसंगै प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ । यसअघि भएका खेलहरुबाट चारतारे क्लब मोरङ्ग, जिल्ला फुटवल संघ भोजपुर र चर्च ब्वाइज क्लब काठमाडौ सेमिफाईनलमा प्रबेश गरिसकेका छन् । आज भएको समुह चरणको अन्तिम खेलका डियर क्लव तरहारालाई पराजित गर्दै एभिनियर क्लव क्यामरुन सेमिफाइनलमा पुगेको छ । पहिलो हाफ अत्यन्त प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले गोल गर्न सकेन भने मध्यान्तर पछि खेलको ३३ औ. मिनेटमा एभिनियर क्लब क्यम्रुनका जर्सी नं ७ का खेलाडी अब्दुल्लाह ले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि थप कुनै गोल हुन सकेन भने निर्धारित ७० मिनेटको खेलमा अब्दुल्लाको गोलनै निर्णाय...

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ द्वारा १०० दिनमा गरेको कामहरुको विवरण सार्वजनिक ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि जनप्रतिनीधिहरुले १०० दिनमा गरेको कामहरुको विवरण आज सार्वजनिक गरेको छ । बेल्टार बजारस्थित वडा कार्यालयमा भएको वडामा सुचिकृत टोल बिकास संस्थाहरुलाई प्रमाणपत्र बितरण तथा वडाको १०० दिने कार्यहरुको विवरण सार्वजनिक गर्ने कार्यक्रममा वडामा सुचिकृत भएका १९ वटा टोल बिकास संस्थाहरुलाई सुचिकृतको प्रमाणपत्र वितरण गरिएको थियो भने वडाले १०० दिनको अबधीमा गरेको बिकास निमार्ण तथा क्रियाकलापको प्रतिबेदन सार्वजनिक गरेको थियो । प्रतिबेदन वाचन गर्दै वडा सदस्य आशा परियारले आफुहरु निर्वाचित भएर आए लगतै वडाका बाटोहरुको मर्मत र स्तरोन्नती गर्न ७ सय ४१ ट्याक्टर गिटी बिछ्याएको, जिर्ण अबस्थामा रहेको श्रीपञ्चमी र लामेचौरी कुलोको मर्मत सम्भार गरेको, लामेचौरी, कुमाङ्ग, देवीथान डाँडा र माटेखाडीमा स्थानीयहरुको श्रम...

चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने भएको छ । बीच बाटोमै भएको कारण उत्तरतिरबाट आउने र पुर्वतिरबाट आउने सवारी साधन चालकले नदेख्ने अबस्था थियो । आज बसेको बजार बिकास तथा ब्यबस्थापन समितिको बैठकले बजारमा रहेको पार्कभित्र नयाँ प्रहरी बिटको निमार्ण गर्ने निर्णय गर्दै स्थानीइ मोती श्रेष्ठको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति पनि गठन गरेको छ । समितिमा सचिवमा गोबिन्द थापा, कोषाध्यक्षमा सिर्जना राई र सदस्यहरुमा तेजनारायण शाह, सुरेन्द्र ल्वागुन, ईन्द्यिरा गेलाल र राम प्रसाद साह रहेका छन् । त्यस्तै निमार्ण कार्यको अनुगमन गर्न बजार बिकास तथा ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जराको संयोजनमा समिति सदस्यहरु दुर्भराज राई, साबित्रा खड्का बस्नेत र भिम बहादुर परियार रहेको अनुगमन समिति पनि निमार्ण गरेको छ । ...

दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको बताएका छन् । आज विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले ’निर्वाचन अगाडि जे प्रतिबद्धताका साथ जुन नाम राख्छु भनेर दलहरूले भोट मागे र चुनाव जिते , अहिले त्यो प्रतिबद्धताअनुसार नाम राख्न नमान्दा समस्या भएको बताएका छन् । उनले कांग्रेसले पनि पहिचान भेटिने कुरा खोजेर पछि हटेको र एमालेले किराँत कोसी प्रदेश राख्ने भनेर चुनाव जिते पनि नाम राख्ने बेलामा पछि हटेको आरोप लगाएका छन् । यस्तैे मुख्यमन्त्रीको क्षमता र असमक्षतासँग प्रदेशको नामकरणको विषय नजोडिएको मुख्यमन्त्री राईको भनाई छ ।...

बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी छिन् । भारतको गुहाटीमा आगामी सेप्टेम्बर २६ देखी ३० तारिखसम्म आयोजना हुने साउथ एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप प्रतियोगिता २०२२ का लागि चौदण्डीगढी नगरपालिकाकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी हुन् ।   केही समय अघि भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ब्याडमिन्टन खेलको प्रदेश नम्बर १ को छनौटमा पनि उनी पर्न सफल भएकी थिईन् । बेल्टार ब्याडमिन्टन एकेडेमीकी खेलाडी रहेकी राईलाई हिजो एक कार्यक्रमको आयोजना गरेर विदाई गरिएको छ । बिदाई कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई, नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगर, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का , बेल्टार ब्याडमिन्टन एकेडेमीका प्रशिक्षक भेष बहादुर मगर, समाजसेवी उर्मिला राई लगायतको सहभागिता रहेको थियो ।...

रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेकै दिन त्यस अभियानमा मारिएको आफ्नो सेनाको संख्या पनि उजागर गरेको छ। युद्ध सुरु भएको एक महिनापछि मार्च २५ मा रुसले आफ्ना १३५१ सैनिक मारिएको बताएको थियो ।त्यसपछि रुसी सेनाको हताहतीबारे पश्चिमबाट विभिन्न अनुमान आइरहँदा पनि रुसले विवरण सार्वजनिक गरेको थिएन । अगस्टमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन युद्धमा रुसी पक्षका करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएको प्रक्षेपण गरेको थियो । तर हाल रुसले सार्वजनिक गरेको सैन्य हताहतीको संख्या पेन्टागनको प्रक्षेपणभन्दा निकै कम देखिन्छ । बुधबार टेलिभिजनमा बोल्दै रुसी रक्षा–मन्त्री सर्गेई शोइगुले द्वन्द्व सुरु भएदेखि हालसम्म ५हजार९ सय ३७ रूसी सैनिक मारिएको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलोपटक रुसी रिजर्भ फोर्स परिचाल...

बेल्टार बजार ब्यबस्थापनका लागि सरोकारवालासङ बजार ब्यबस्थापन तथा बिकास समितिको छलफल ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
चौदण्डीगढी नगरपालिकाले नगरको कार्यहरुलाई सहजीकरण गर्न केहीदिन अघि बनाएको समन्वय समितिहरुले आफ्नो कामलाई अगाडी बढाएको छ । यसैक्रममा बजार ब्यबस्थापन तथा बिकास समितिले आज एक कार्यक्रमको आयोजना गर्दै नगरका सरोकारवालाहरुसंग छलफल गरेको छ । बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरको बेल्टार बजार, हडिया बजार, सिवाई बजार, शनिवारे बजार र बिरेन्द्र बजारको तत्कालिन र दिर्घकालिन बिकासको बारेमा छलफल गर्ने बताएका समितिका संयोजक बिकास बन्जराले आज मुख्यता बेल्टार बजारको बारेमा सरोकारवालाहरुसंग छलफल गरेका छन् । छलफलकाक्रममा बेल्टार बजारको बिकासका लागि नगरलाई जोड्न अन्तरपालिका र अन्तर जिल्ला सडक संजालको बिकास, बेल्टार बजारको मुख्य सडक र शाखा सडकहरुको मापदण्ड निर्धारण, वडा नम्बर ६ पुष्पलाल चौक स्थित दुर्घटनको कारण बन्न सक्ने प्रहरी विट र पुष्पलालको शालिकको उचित ब्यबस्थ...