Saturday, October 24

विचार

गैर आवासीय नेपाली युवाको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
बुटवल- गैर आवासीय नेपाली युवाको लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिएको छ । अष्ट्रेलियामा आफूले गरेको कमाइबाट गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गर्नुभएको हो । उहाँले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरेर खेल सञ्चालन गर्ने तयारी गरेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गएको जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशालामा उद्घाटनको दिन लिजेण्ड्स कप क्रिकेट आयोजना गर्ने तयारी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले जानकारी दिनुभयो । श्रीमती सदिक्षासहित अष्ट्रेलियामा बस्दै आउनु भएका कुँवरले तिलोत्तमा नगरपालिका वडा नं १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा रंगशाला निर्माण गरेको र खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी रहेको बताउनुभयो । मैदान उद्घाटनको दिन चार टोलीबीच तिलोत्...

त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग खेल्दै।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
काठमाडौं- नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ । आयोजक हङकङ विरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ । यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ । हेड टु हेडका आधारमा पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा हङहङले २ खेल जितेको छ । नेपालले दोस्रो खेलमा पर्सि पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । यसअघि हिजो भएको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसग ७३ रनले पराजित भएको छ । टस जितेर पहिले बलिङ गरेको नेपाललाई हङकङले २ सय १३ रनको लक्ष्य दिएको थियो । नेपाली टोली भने १ सय ३९ रन मात्र बनाउन सक्यो । आगामी जेठमा हुने टि२० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो ।...

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । हिजो बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको थियो । उहाँले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताउनुभएको थियो । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो । संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गो लगाउने भएको छ ।...

सरकारद्वारा थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
काठमाडौँ । सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो । अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । सहिद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।...

विभिन्न क्षेत्रका १० जना महिलालाई मोतीदेवी स्मृति केन्द्रको सम्मान ।

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
फागुन २६, काठमाडौँ । मोतीदेवी स्मृति केन्द्रले विभिन्न क्षेत्रमा क्रियाशील ११ जना महिलालाई ’प्रेरणादायी महिला’ को रुपमा सम्मान’ गरेको छ । एकसय चौबिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रमबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्ष समेत रहनु भएकी मोती स्मृति केन्द्रका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा बौद्ध धर्मकी अध्येता धम्मावती गुरुमाँ, अर्थशास्त्री डा. मीना आचार्य, समाजसेवी साबित्री थापा, उद्यमी शान्ति चड्डा, राजनीतिज्ञ सोनाम छेजुङ लामा, मानव बेचबिखन विरुद्धकी अभियानकर्मी चरिमाया तामाङ हुनुहुन्छ ।त्यसैगरी सिरहाकी सामाजिक अभियानकर्मी सोनिया सदा, लामो दुरीको रात्रिबस चालक रेबिका थापा, नेचर गाइड तथा वाइल्डलाइफ फोटोग्राफर विमिता भण्डारी र, गाउँकी डाक्टर भनेर चिनिने नर्स तुलसी शाही सम्मानित हुनुभएको हो । के...

गुगल डक्सले हातैले लेख्न सकिने फिचर थप्दै

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
अब  गुगल डक्समा हातैले लेख्न सकिने फिचर थपिने  भएको छ । हालसालै एक ब्लगपोस्ट मार्फत गुगलले डक्सले  हातैले लेख्न सकिने फिचर सहित आउन लागेको जानकारी दिएको हो । डक्समा यो फिचर उपलब्ध भएपछि कागजमा कलमले लेखेजस्तै लेख्न सकिने छ । त्यसो हुँदा डक्सको कुनै पनि फाइलमा प्रयोगकर्ताले लेख्न आफ्नो औंला अथवा स्टाइलस (स्क्रिनमा लेख्न प्रयोग गरिने कलम जस्तो डिभाइस) प्रयोग गर्न सक्नेछन् । तर यो फिचर एन्ड्रोइड ट्याबलेट र स्मार्टफोनमा मात्र प्रयोग गर्न सकिने गुगलको भनाइ छ । यस फिचरअन्तर्गत विभिन्न प्रकारका कलम, हाइलाइटर र इरेजर समावेश छन् । साथै प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारको रङ्ग प्रयोग गर्न सक्नेछन् । तर त्यसरी लेखिएका अक्षरहरूलाई टेक्स्टमा रूपान्तरण गर्ने फिचर भने यसमा समावेश गरिएको छैन । गुगल डक्समा आएको यो फिचर भने यसअघि नै एप्पलले उपलब्ध गराइसकेको छ । एप्पल पेन्सिल प्रयोगकर्ताले आईप्याड लगायतका ...

एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउदै

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
वेयरेबल फिटनेस ट्रयाकिङ डिभाइसहरू को द्रुततर बिकाश भैरहेको बेलामा  एप्पलले भने  म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउन लागेको छ । गत वर्ष एप्पलका इन्जिनियरले एयरपड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए । अब सार्वजनिक हुने नयाँ एयरपड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेकाे छ । त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गर्नेछ । अहिले यो प्रविधि विकासकै क्रममा भएकाले कहिले सार्वजनिक हुन्छ भन्ने विषय खुलेको छैन ।...

बाख्रा फार्ममा आगोलागी हुँदा २४० वटा बाख्रा जलेर मरे

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० मा आगोलागी हुँदा २४० वटा बाख्रा जलेर मरेका छन ।स्थानीय विनोद खड्काको बाख्रा फार्ममा गएराति करिव १२ बजेतिर लागेको आगोले फार्ममा पालिएका १३ वटा बोकासहित २ सय ४० वटा बाख्रा जलेका हुन । जलेका सबै बाख्रा उन्नत बोयर जातको भएको फार्म सञ्चालक खड्काले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।खड्काले बनाएको आधुनिक फार्ममा लागेको आगोले २० देखि २५ मिनेटमै सबै बाख्रा खरानी भएका थिए । उनको खोर ९० मिटर लामो थियो । आगो लागेपछि एउटा बोकासहित १५ वटा बाख्रालाई भने खोरबाट निकालिएको थियो । ती बाख्राहरु पनि जलेर घाइते भएका छन ।खड्काका अनुसार आगोलागिबाट करिब २ करोड रुपैँया बराबरको क्षति भएको छ । उनले यो फार्म ६ बर्षदेख संचालन गर्दै आएका थिए ।आधुनिक ट्रस्ट राखेर बनाइएको यो बाख्रा फार्म सिन्धुपाल्चोक...

सचेतनाका कार्यक्रमका सहित विश्व डाउन सिनड्रोम दिवस मनाउँदै डाउन सिनड्रोम समाज नेपाल

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
  डाउन सिनड्रोम समाज नेपालले संयुक्त राष्ट्र सङ्घले तय गरेको ‘डाउन सिनड्रोम अवस्था प्रतिको परम्परागत नकारात्मक सोचको अन्त्य गरौँ’  भन्ने नारा सहित १३ औ अन्तर्राष्ट्रिय विश्व डाउन सिनड्रोम दिवस मनाउँदै छ । दिवसका अवसरमा डाउन सिनड्रोमबारे जानकारीमूलक अन्तरक्रिया,खेलकुद,नृत्य जस्ता रचनात्मक कार्यक्रम समेत आयोजना गरिने आयोजकले बताएका छन् । डाउन सिनड्रोम समाज नेपालले १३ औ विश्व डाउन सिनड्रोम दिवसका अवसरमा मार्च १० तारिका दिन अर्थात् फागुन २६ गते समावेशी सांस्कृतिक साँझ को आयोजना गर्दै छ ।यसै गरि  मार्च २१ अर्थात  चैत ८ गते विश्व डाउन सिनड्रोम दिवसको अवसरमा पहिलो युवा सम्मेलन र मार्च २९ तारिकमा डाउन सिनड्रोम अपाङ्गता भएका बालबालिकाहरू सहित आउट डोर लगायतका कार्यक्रमहरूको आयोजना गरिने डाउन सिनड्रोम समाज नेपालकी अध्यक्ष एवं अभिभावक शिला थापाले बताइन् । डाउन सिनड्रोम अपाङ्गताको विषयमा जनचे...

व्यापक हिमपात का कारण जोमसोममा यातायात र हवाई उडान अवरुद्ध

अन्तरवार्ता, अर्थतन्त्र, खेलकुद, पोडकास्ट, मनाेरञ्जन, राजनीति, विचार, समाचार, सूचना प्रविधि
म्याग्दी– शनिवारदेखि मौसममा आएको परिवर्तनले मुस्ताङमा पनि हिमपात भएपछि जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत छुसाङदेखि माथि सडकमा बाक्लो हिउँ जमेका कारण उपल्लो मुस्ताङ जाने सवारीसाधन बीच बाटोबाटै फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातको कारण सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङका लागि छुटेका सवारीसाधन छुसाङदेखि माथि जान नसकेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङ जाने सवारीसाधनहरु केही छुसाङमै रोकिएका छन्भने कतिपय सवारीसाधन मुक्तिनाथ र जोमसोमतर्फ फर्किएका छन् । यसैगरी मुक्तिनाथको झारकोटमा पनि हिउँ जमेको हुँदा ठूला गाडी मुक्तिनाथ जान सकेका छैनन् । मुस्ताङको छुसाङदेखि माथि सडकमा १ फिटसम्म हिउँ जमेको प्रहरीले जनाएको छ । अहिले मुस्ताङको लोमान्थाङ, मुक्तिनाथ, छोसेर, चराङ, घमी र सुर्खाङलगायत क्षेत...